• आइतवार, आश्विन ४ गते २०८३

गोरखा नगरपालिकाद्धारा विपन्न तथा एकल महिलालाई निशुल्क बङगुर बितरण

गोरखा नगरपालिकाद्धारा विपन्न तथा एकल महिलालाई निशुल्क बङगुर बितरण

गोरखा नगरपालिकाद्धारा विपन्न तथा एकल महिलालाई निशुल्क बङगुर बितरण

  • 9.5K
    SHARES

  • गोरखा नगरपालिकाद्धारा विपन्न तथा एकल महिलालाई निशुल्क बङगुर बितरण

    गोरखा । गोरखा नगरपालिकाले आर्थिक रुपमा विपन्न तथा एकल महिलाहरुलाई निशुल्क बङगुरको पाठा बितरण गरेको छ ।

    जीविको पार्जन कार्यक्रम अन्तरगत सोमबार नगरपालिकाले एक कार्यक्रम गरी नगरभित्रका ३४ जनालाई एक\एक वटा बुङगुरको पाठा बितरण गरेको हो ।

    ‘६० बर्ष उमेर समुह माथिका २८ जना गरीब तथा एकल महिलाहरुलाई निशुल्क र ६ जना सर्वसाधरण कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बितरण गरेका हौँ’, गोनपाका कृषि शाखा प्रमुख नविन अधिकारीले भने ।

    आर्थिक बर्ष २०७८\०७९ को स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले गत माघमा बुङगुर आवश्यक हुने कृषकहरुलाई आवेदन दिन सूचना प्रकाशन गरेको थियो । सोही सूचनाका आधारमा आवश्यक सबै कागजात पूरा गरेर आवदेन दिनेहरु सबैलाई पाठा दिईएको अधिकारीले बताए ।

    यस कार्यक्रमबाट जीवीको पार्जनका लागि टेवा पुग्ने उनले बताए । ‘हामीले बुङगुरको पाठी बाँडेका हौँ । यसलाई प्रजनन् गराएर उत्पादन बढाउँदै लैजाँन सकिने हुँदा जीवीको पार्जनमा सहयोग पुग्छ’, उनले भने ।

    कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकाल, वडा नम्बर ६ का अध्यक्ष दिलिप जोशी लगायतको सहभागिता थियो ।  मेयरले नगरपालिकाको तर्फबाट पिछडिएका, गरीब तथा एक महिलाहरुको जीवीको पार्जनका लागि आगामी दिनमा पनि थप सहयोग गर्ने खालको कार्यक्रमलाई निरन्तरता दिने बताए ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology