• सोमवार, श्रावण ११ गते २०८३

नगरबासीको दबाबपछि खुल्यो गोरखा नगरपालिकाको ताला

नगरबासीको दबाबपछि खुल्यो गोरखा नगरपालिकाको ताला

नगरबासीको दबाबपछि खुल्यो गोरखा नगरपालिकाको ताला

  • 42.4K
    SHARES

  • नगरबासीको दबाबपछि खुल्यो गोरखा नगरपालिकाको ताला

     गोरखा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत कृष्णप्रसाद सुवेदीको कार्यकक्षमा लगाइएको ताला आइतबार खुलेको छ ।

    नगरसभाको बिषयलाइ लिएर उपप्रमुख मसलीमाया थोकर (सपना पुन) मगरको नेतृत्वमा प्रमुख प्रसाकिय अधिकृतको कार्यकक्षमा ताला लगाएको थियो ।

    नगरवासी सहित स्थानीयले प्रमुख प्रसासकिय अधिकृतको कार्यकक्षमा लगाएको ताला नखोले ताला फोड्ने चेतावनी दिएपछी बिहान करिव १० बजे काग्रेस निकट नगरकार्यापालिका सदस्य अप्सरा नेपाली र वडा नम्बर ११ का वडा सदस्य रेनकुमार थापा मगरले ताला खोलेका हुन ।

    फागुन २४ गते नगरसभा सम्पन्न भए लगत्तै काग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रमुख प्रसासकिय अधिकृत सुवेदीले आफुलाइ असहयोग गरेको आरोप लगाउदै कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

    दैनिक सयौं नगरवासीले सेवा दिनुपर्ने प्रमुख प्रसासकिय अधिकृतको कार्यकक्षमा ताला लगाएपछि नगरवासीहरु तिव्र असन्तुष्टि पोख्दै आएका थिए । प्रसासनले समेत गैरकानुनी हिसावले लगाइएको ताला नखोलिए ताला फोड्ने तयारी गरेको थियो ।

    नगरवासीको दवावपछि उनिहरु पछि हट्न बाध्य भएको हो । तालाबन्दीको चर्को बिरोध भएपछी काग्रेस निकट जनप्रतिनिधिहरुले समेत आफुहरुबाट गम्भीर गल्ती भएको स्विकार गर्दै आएका थिए ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology