• आइतवार, आश्विन ४ गते २०८३

अजिरकोटमा सार्वजनिक पदमा रहेकाले छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने

अजिरकोटमा सार्वजनिक पदमा रहेकाले छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने

अजिरकोटमा सार्वजनिक पदमा रहेकाले छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने

  • 15.6K
    SHARES

  • अजिरकोटमा सार्वजनिक पदमा रहेकाले छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने

    गोरखाको अजिरकोट गाउँपालिकाले सार्वजनिक पद धारण गरेका सबै ब्यक्तिहरुको आफ्ना बालबालिकाहरुलाई सामुदायिक बिद्यालयमा भर्ना गर्ने सम्बन्धी नीति ल्याएको छ ।

    सामुदायिक बिद्यालयहरुलाई थप ब्यबस्थित र प्रभाबकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पुर्याउने उदेश्यले गाउँपालिकाले यो नीति ल्याएको अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।

    अजिरकोट गाउँ कार्यपालिकाबाट सार्बजनिक पद धारण गरेका जनप्रतिनिधि, शिक्षक, कर्मचारी बिधालय ब्यबस्थापन समितिमा आबद्ध शिक्षक अभिभावक संघका पदाधिकारीहरुले आफ्ना बालबालिकाहरुलाई बाल कक्षादेखि कक्षा ८ सम्म अनिवार्य सामुदायिक बिद्यालयमा भर्ना गराउनुपर्ने उनले बताए ।

    गाउँपालिकाले नीति कार्यान्वयनका लागि सार्वजनिक सूचना मार्फत सवैलाई अनुरोध गरेको अध्यक्ष देवकोटाले जानकारीदिए ।

    विहिवार एक सार्वजनिक सूचना जारी गरेको गाउँपालिकाले आगामी ७ दिनभित्रमा सम्बधित सवैले सामुदायिक बिद्यालयमा भर्ना गराई गाउँपालिकाको शिक्षा शाखामा जानकारी गराउन समेत निर्देशन दिइएको छ ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology