गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा एक दिने पशु स्वास्थ्य शिविर हुने भएको छ ।
बारपाक बहुप्राबिधिक शिक्षालयको आयोजनामा गाँउपालिकाको वडा नम्बर – ३ माझथरमा जेठ २६ गते शुक्रवार नि: शुल्क पशु स्वास्थ्य शिविर हुन लागेको हो ।
डिप्लोमा तह पशु विज्ञान कार्यक्रम तेस्रो वर्ष र तेस्रो सत्रान्तमा प्रशिक्षणरत प्रशिक्षार्थिहरुको सामुदायिक सेवा कार्यक्रम अन्तर्गत शिविर संचालन गर्न लागिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् बारपाक बहुप्राविधिक शिक्षालयका प्रमुख सुवास वलियाले जानकारी दिए ।
पशु शिविरमा निशुल्क गोबर परिक्षण, बोकालाई खसी बनाईने, विरामी पशुको निशुल्क उपचार र प्राविधिक परामर्श प्रदान गरिने शिक्षालय प्रमुख वलियाले बताएका छन् ।
वडा नं. ३ को वडा कार्यालय स्वाँरामा बिहान १०ः३० बजे देखि दिउँसो ४ः०० सम्म शिबिर चल्ने छ ।