• आइतवार, आश्विन ४ गते २०८३

बारपाक सुलिकोट गाँउपालिकाको बजेट निर्माण सम्बन्धी सर्वदलिय बैठक सम्पन्न

बारपाक सुलिकोट गाँउपालिकाको बजेट निर्माण सम्बन्धी सर्वदलिय बैठक सम्पन्न

बारपाक सुलिकोट गाँउपालिकाको बजेट निर्माण सम्बन्धी सर्वदलिय बैठक सम्पन्न

  • 2.6K
    SHARES

  • बारपाक सुलिकोट गाँउपालिकाको  बजेट निर्माण सम्बन्धी सर्वदलिय बैठक सम्पन्न

    बारपाक सुलिकोट गाँउपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माण सम्बन्धी सर्वदलिय बैठक सम्पन्न भएको छ । गाँउपालिकाले चालु आर्थिक बर्षको समिक्षा र आगामी आर्थिक वर्षको बिकास निमार्ण, पूर्वाधार तथा सडक स्तरउन्नतीका विषयमाथी छलफल गरी सर्वदलीय बैठक सम्पन्न गरेको हो ।

    बैठकमा सहभागीहरुले घ्याम्पेसाल ताकु सडकको कामको गुणस्तर बारेमा अनुगमन गरि कारबाही गर्नु पर्ने सुझाब दिएका छन् । गाँउपालिकामा विकास निमार्ण कार्यहरु विगत भन्दा सुधार देखिएको बैठकमा सहभागिहरुले बताएका छन् । बिकास पूर्वधारको अनुगमनका लागी समिति बनाएर मात्रै पैसा निकास गर्ने बैठकले निणर्य गरेको छ ।दिर्घकालीन रुपमा प्रभाव पर्ने गरी बजेट विनियोजन गर्न सुझाब दिएको थियो ।

    यस्तै मौलिकता झल्कने गरि पूर्वाधार निमार्ण गरिनु पर्ने, सिमान्तकृत, पिछडिएका समुदायको विधार्थीहरुलाई प्राविधिक शिक्षामा अगाडी बढाउन कार्यक्रम तथा बजेट ल्याउनु पर्ने माग गरेकबा छन् । ालबालिका, किसान, अपाङ्ग, दलित परिवारमा स्वाथ्यका कार्यक्रम आवश्यक देखिएकाले आर्थिक वर्ष ०८०/८१ मा यसको पनि व्यवस्थापन गरीने गाउँपालिका अध्यक्ष बिष्णु भट्टले  बताए  ।

    कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई प्रोत्सानको गरि यहि पढ्ने ब्यवस्था गर्नुपर्नेमा जोड दिएको छ । यता गाँउमा आय आर्जनसंग सम्बंधित कार्यक्रम ल्याई स्थानीयलाई गाँउमै बस्न उत्साहित बनाउनु पर्ने देखिएको सहभागीहरुको भनाई छ । सर्वदलिय बैठकमा उठेको विषयहरुको सम्बोधन गरिने बताएको छ । गाँउपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकमा नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओबादि केन्द्रका प्रतिनिधिहरु सहभागिता रहेको थिए।

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology