• सोमवार, श्रावण ११ गते २०८३

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

  • 5.0K
    SHARES

  • भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

    भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको  निधन भएको छ। उनको  छोरा अभिजितले आफ्ना पिताको निधन भएको जानकारी दिएका हुन्। उनको ८४ वर्षको उमेरमा निधन भएको हो। 

    ‘गह्रौ मुटुका साथ यहाँहरुलाई जानकारी गराउनुपरेको छ कि हामी र आरआर हस्पिटलका डाक्टरहरुको सबै प्रयास र भारतभरका जनताको आर्शिवाद र प्रार्थनाका बाबजुद पनि मेरा पिता श्री प्रणव मुखर्जीको भर्खरै निधन भएको छ। यहाँहरु सबैलाई धन्यवाद,’ ट्विटमा अभिजितले लेखेका छन्।

    पछिल्लो समय मुखर्जी कोममा गएका थिए। उनलाई भेन्टिलेटरमा राखिएको थियो। दिल्लीस्थित आर्मी रिसर्च एन्ड रेफरल हस्पिटलले सोमबार मात्र एक विज्ञप्ती जारी गरेर मुखर्जीको स्वास्थ्य अवस्था झनै बिग्रिएको बताएको थियो।

    सोमबार भेन्टिलेटरमा उपचाररत मुखर्जीको फोक्सोमा संक्रमण देखिएका कारण उनलाई सेप्टिक सक ‘कम रक्तचापको अवस्था’ भएको अस्पतालले बताएको थियो।

    उनलाई विशेष डाक्टरहरुको निगरानीमा राखिएको थियो। हालै मस्तिष्क सर्जरी गराइएका मुखर्जीको स्वास्थ्य अवस्था जटिल बनेको थियो।

    यसबीचमा उनमा कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो। मुखर्जी २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपतिको रुपमा शासन सत्तामा थिए । एजेन्सी

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology