• आइतवार, आश्विन ४ गते २०८३

मास्क नलगाउने १४ सयलाई कारवाही

मास्क नलगाउने १४ सयलाई कारवाही

मास्क नलगाउने १४ सयलाई कारवाही

  • 10.6K
    SHARES

  • मास्क नलगाउने १४ सयलाई कारवाही

    तनहुँ। जिल्ला प्रशासन कार्यालय तनहुँले मास्क नलगाई हिँडडुल गर्ने एक हजार ४०० जनालाई कारवाही गरेको छ।

    जसबाट एक लाख ४० हजार राजस्‍व सङ्कलन भएको प्रहरीले जनाएको छ। तनहुँका नौ स्थानीय तहमा निषेधाज्ञा जारीपछि जिल्लाका विभिन्न क्षेत्रमा मास्क प्रयोग नगरी हिँड्ने व्यक्तिलाई कारवाहीस्वरुप १०० का दरले जरिवाना गर्दा उक्त रकम सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए।

    कोरोना भाइरस संक्रमणविरुद्धको जनचेतना फैलाउँदै रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारको निर्देशनबमोजिम जिल्लावासीमा सचेतना जगाउँदै आएको प्रजिअ आचार्यले बताए।

    जिल्ला प्रशासन कार्यालय तनहुँको निर्देशन एवं जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको सक्रियतामा १ भदौदेखि महामारीबाट जोगिन स्वास्थ्य सुरक्षा अपनाउनेबारे निगरानीमा कडाइ गरिएको छ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology