• सोमवार, श्रावण ११ गते २०८३

शुल्क वृद्धिको विरोधमा नेवि संघद्वारा बालुवाटारमा प्रदर्शन

शुल्क वृद्धिको विरोधमा नेवि संघद्वारा बालुवाटारमा प्रदर्शन

शुल्क वृद्धिको विरोधमा नेवि संघद्वारा बालुवाटारमा प्रदर्शन

  • 3.2K
    SHARES

  • शुल्क वृद्धिको विरोधमा नेवि संघद्वारा बालुवाटारमा प्रदर्शन

    काठमाडाैं। इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शन गरेको छ। अस्वभाविक रुपमा इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धि गरिएको भन्दै उनीहरुले बालुवाटारमा प्रदर्शन गरेका हुन्।

    विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययन संस्थानको एक सय ४४ प्रतिशतसम्म अवैज्ञानिक र असान्दर्भिक रुपमा शुल्क बृद्धि गरेको भन्दै तुरुन्त फिर्ता दिन माग गरेका छन् भने इन्जिनियरिङ अध्ययन संस्थानलाईसेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने माग गरेका छन्।

    सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षामा एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने उनीहरुको भनाइ छ। प्रदर्शनमा नेविसंघका सभापति दुजाङ शेर्पाले विश्वविद्यालय पदाधिकारी र शिक्षामन्त्रीसँग आग्रह गर्दा पनि बढेको शुल्क फिर्ता नभएको भन्दै आफ्ना गुनासो प्रधानमन्त्रीलाई सुनाउन बालुवाटारमा धर्ना दिनुपरेको बताए।

    शिक्षा र स्वास्थ्य राज्यको दायित्व भएकाले विद्यार्थी र अभिभावकलाई मारमा पार्ने गरि शुल्कबृद्धि गर्न नहुने उनको भनाइ छ। त्यस्तै नेविसंघकी केन्द्रीय सदस्य मिरा कटुवालले शिक्षाको शुल्क मात्रै बढाउने तर गुणस्तर नवढाउने कुरा स्वीकार्य नहुने बताइन्।

    सामाजिकपत्र

    • आइतवार, भाद्र १० २०८००२:१०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology