• सोमवार, श्रावण ११ गते २०८३

बोगटीको संयोजकत्वमा नगर स्तरीय कृषक संजाल गठन

बोगटीको संयोजकत्वमा नगर स्तरीय कृषक संजाल गठन

बोगटीको संयोजकत्वमा नगर स्तरीय कृषक संजाल गठन

  • 20.5K
    SHARES

  • बोगटीको संयोजकत्वमा  नगर स्तरीय कृषक संजाल गठन

    पालुङटार नगरपालिकामा नगर स्तरीय कृषक संजाल गठन सम्पन्न कार्यक्रम भएको छ ।हिजो पालुङटार नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा पालुङटार नगरपालिका वडा नम्बर ३ निवासी रामचन्द्र बोगटीको संयोजकत्वमा १३ सदस्यीय कमिटी गठन भएको हो ।

    पालुङटार नगरपालिकाकी उप प्रमुख बन्दना पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तन रहनु भएको थियोे ।

    कार्यक्रममा बोल्दै नगर प्रमुख चिन्तनले कृषकहरुले मिहेनतका साथ कृषि कर्म गर्न हो भने नगरपालिकाले लिएको दूध र मासुमा आत्मनिर्भर हुने लक्षमा पुग्न सकिने बताउनु भएको छ ।

    नगरले कृषकले उत्पादन गर्ने कृषि उपज पालुङटारमा नै खपत गर्न कृषकहरूलाई के सहयोग गर्नु पर्छ सहयोग गर्न तयार रहेको पनि बताउनु भयो । त्यस्तै उहाँले कृषकहरुले उपयुुक्त सल्लाह दिए नगर बजेट बनाउँदा त्यसलाई टेकेर बनाउन सजिलो हुने पनि बताउनुभयो ।

    त्यस्तै कार्यक्रमको अध्यक्षता गर्नु भएकी पालुङटार नगरपालिका उप प्रमुख बन्दना पाण्डेले कृषकहरु व्यसायिक उत्पादनमा लाग्नु पर्ने बताउनु भयो । त्यस्तै उहाँले कृषकलाई नगरपालिकाले सहयोग गर्न कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।

    त्यस्तै कार्यक्रमका बिशेष अतिथि रहनु भएका पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले संजाल गठन गर्नु मात्र नभएर संजालले छलफल गरि राम्रो कामको सुझाव पालिकालाई दिन आग्रह गर्नु भयो ।

    नगर कृषि शाखाकी प्रमुख सर्मिला ढकालले संञ्चालन गर्नु भएको कार्यक्रममा विभिन्न शाखा प्रमुखहरु, वडा कृषि संजालका अध्यक्षहरु कृषकहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियोे ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology