अवैध लागूऔषधसहित गोरखा पालुङटारकी १ जना युवती राजधानीबाट पक्राउ परेकी छिन् । पक्राउ परेकी युवती पालुङटार नगरपालिका–५ बोहोरा टारकी बिनिता कुमाल भएको पुष्टी भएको छ ।
उनलाई प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२६ गोंगबु मित्रनगरस्थित कविता फार्मेसीबाट पक्राउ गरेको हो ।
फार्मेसी सञ्चालक समेत रहेकी उनको औषधि पसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल हाईड्रो कोलोराइड ६५० क्याप्सुलसहित शनिबार साँझ पक्राउ गरिएको प्रहरी प्रभाग गोंगबुले जानकारी दिएको छ ।