गोरखाको बारपाक-सुलिकोट गाउँपालिकामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुरु भएको छ ।
पालिकाको ग्याजी फाँटमा प्राविधिक शिक्षा सन्चालनमा आएको हो । अब त्यहाका बिधार्थीले गाउँमै बसेर कृषि जेटिए पढ्न पाउने भएका छन् ।
साथै, यो वर्षदेखिनै बारपाक पोलिटेक्निक इन्स्टिच्युटले तिन वर्षे डिप्लोमा कृषि विषयमा भर्ना आवहान गरेको छ ।
बारपाक-सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले गाउँपालिकाले जग्गा किनेर कलेजको नाममा पास गरेर दिएको जानकारी दिए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजि श्रेष्ठले चुनाब ताका यस ठाउमा प्राविधिक शिक्षा सन्चालन ल्याउने प्रतिबद्धता जनाएको र उनकै पहलमा यसै बर्षबाट प्राविधिक शिक्षालय संचालन मा आएको स्थानियले बताए।