• सोमवार, श्रावण ११ गते २०८३

सौरपानीमा स्थानीय युवाहरु सहित प्रहरीको थप फोर्स परिचालन

सौरपानीमा स्थानीय युवाहरु सहित प्रहरीको थप फोर्स परिचालन

सौरपानीमा स्थानीय युवाहरु सहित प्रहरीको थप फोर्स परिचालन

  • 8.9K
    SHARES

  • सौरपानीमा स्थानीय युवाहरु सहित प्रहरीको थप फोर्स परिचालन

    बढ्दो चोरी डकैती नियन्त्रणका लागि गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४, सौरपानीमा स्थानीय युवाहरु सहित प्रहरीको थप फोर्स परिचालन भएको छ । दिनहुँजसो सौरपानी क्षेत्रमा चोरी डकैतीको श्रृखलाबद्ध घटना बढ्दै गएपछि जिल्ला प्रसासन कार्यालय गोरखाले प्रहरीको थप फोर्स परिचालन गरेको बारपाक सुलिकोट गाउँपालिकाकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

    घटनाको अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय गोरखाको बिशेष सुरक्षा टोली समेत आज सौरपानी पुगेर जनप्रतिनिधि तथा स्थानीयबासीहरु छलफल गरेको उहाँले बताउनुभयो । ‘चोरी डकैतीबाट सौरपानीबासीहरुको जनधनको सुरक्षाका लागि अहिले सौरपानी प्रहरी चौकीमा प्रहरीको संख्या बढाएर प्रहरीको संख्या १० पु¥याउने निर्णय भएको छ, अध्यक्ष भट्टले भन्नुभयो, ‘प्रहरीसंग मिलेर अब स्थानीय युवाहरुले समेत गस्ती गर्नेछन् ।’

    त्यस बाहेक अन्य ३ ठाउँमा अस्थायी रुपमा प्रहरीको टोली राखेर परिचालन गर्ने निर्णय पनि भएको उहाँले बताउनुभयो । ‘रन्चोक र खारचोक भन्ज्याङ र भुन्चोकटारमा अस्थायी रुपमा जनताको घरमै बसेर प्रहरीले जनताको सुरक्षा गर्ने व्यवस्था मिलाइएको छ, अध्यक्ष भट्टले भन्नुभयो,‘समुदायसंगै प्रहरीले बसेर युवाहरुसंग मिलेर शान्ति सुरक्षाको मिलाउने छ ।’गएको केही समयदेखि सौरपानी क्षेत्र चोरी डकैतीको घटना बढ्दै गएपछि त्यहाँका स्थानीयबासी त्रासमा परेका छन् ।

    साँझ परेपछि चोरी डकैतीको घटना हुने र स्थानीयबासी हिडडुल गर्न समेत नसक्ने अबस्था रहेको भन्दै सुरक्षा व्यवस्था मिलाईदिन स्थानीयवासीहरुले माग गर्दै आएका थिए । गोरखाका प्रमुख जिल्ला दिनेश सागर भुसाल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायव उपरीक्षक अनुपम खनाल सहितको टोली आज सौरपानी पुगेर सुरक्षा अबस्थाको बारेमा जानकारी लिएको बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आर्चायले जानकारी दिनुभयो ।

    जनप्रतिनिधि, स्थानीयवासीहरुसंगको छलफलपछि चोरीको घटना नियन्त्रण तथा शान्ति सुरक्षाका लागि सादा पोशाकमा प्रहरीहरु समेत परिचालन भएको उहाँले बताउनुभयो । प्रहरी र स्थानीय युवाहरुको सुरक्षा संक्रियता बढेपछि स्थानीबासीहरु समेत खुशी भएका छन् । सौरपानी स्थित वडा कार्यालयमा भएको भएको छलफलमा बारपाक–सुलिकोट–४, सौरपानीका वडा अध्यक्ष भिम गुरुङ्ग, वडासदस्यहरु लगायतका स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology