• सोमवार, श्रावण ११ गते २०८३

बारपाक सुलिकोटले कृषकको घरघरमा पुर्यायो ढुवानी अनुदानमा मल

बारपाक सुलिकोटले कृषकको घरघरमा पुर्यायो ढुवानी अनुदानमा मल

बारपाक सुलिकोटले कृषकको घरघरमा पुर्यायो ढुवानी अनुदानमा मल

  • 12.2K
    SHARES

  • बारपाक सुलिकोटले  कृषकको घरघरमा पुर्यायो ढुवानी अनुदानमा मल

    देशभरका किसानहरुले रासायनिक मलको चर्को अभाव भोगिरहेका बेला गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले किसानहरुलाई घरघरमै रासायनिक मल उपलब्ध गराएको छ । शुक्रबार जिल्ला मल भित्रिएको थाहा पाउने बित्तिकै गाउँपालिकाले आफ्नै पहलमा पालिका भित्र पहिलो चरणमा १३० बोरा मल पुर्याएर किसानहरुलाई उपलब्ध गराएको हो ।

    ‘खेतमा मल हाल्नु पर्ने बेला भएको छ तर किसानले मल पाउन सकिरहेका छैनन्, गाउँपालिका अध्यक्ष बिष्णु भट्टले भन्नुभयो, जिल्ला भित्र मल भित्रिएको जानकारी पाए लगत्तै राती नै वडाध्यक्ष कृष्ण गुरुङलाई सदरमुकाम पठाई मल ल्याएर किसानहरुलाई बितरण गरिएको हो ।’ गाउँपालिकाले ढुवानी अनुदानमा टोलटोलमा पु¥याएर किसानलाई रासायनिक मल उपलब्ध गराएकोे उहाँले बताउनुभयो ।

    ‘अहिले मुख्य गरि धान लगायतका बालीमा रासायनिक मल राख्नु पर्ने बेला भएको छ तर मल पाउन सकिरहेका छैनन, अध्यक्ष भट्टले भन्नुभयो, किसानहरुले गरेको दुःख खेर जान्छकी भन्ने चिन्ता गाउँपालिकालाई छ, त्यसैले सदरमुकाममा मल आएको थाहा पाउने बित्तिकै पानी परेको पनि भनेनौ, राती छ पनि भनेनौ अधिकतम प्रयासबाट मल ल्याउन पहल गर्यौ ।’

    शुक्रबार उपलब्ध १३० बोरा रासायनिक मल गाउँपालिकाको वडा नम्बर ६ को लाकुरीबोट, वडा ६ ताकुकोट, वडा नम्बर ७ देउराली र वडा नम्बर ८ पन्द्रुङका किसानलाई उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । ‘त्यति नै पर्याप्त त होइन अझै सवै किसानलाई पुर्याउन सकिएको छैन, उहाँले भन्नुभयो, थप मल जिल्लामा भित्रने बित्तिकै आबश्यक पहल गरि किसानलाई उपलब्ध गराउन तयारी अबस्था छौ ।’

    देशभरी नै मलको हाहाकार भएका गाउँपालिकाले आफ्नै पहलमा बिरगञ्जकै मूल्यमा घरघरमै मल उपलब्ध गराएपछि थोरै किसानले भएपनि राहातको महसुस गरेका छन् ।‘गाउँपालिकाले बास्तबिक किसानको मर्कालाई बुझ्ेको रहेछ भन्ने हामीले महसुस गरेका छौ, स्थानीय किसान सुर्दशन ढकालले भन्नुभयो, बर्खायाम छ, जताततै पहिरो छ, सडक अबरुद्ध छ यस्तो बेलामा घरको आगानै मल ल्याई दिनु जस्तो ठूलो कुरा किसानहरुका लागि अरु के हुन्छ ।’

    गाउँपालिकाले प्रतिबोरा रु ९५० रुपैयामा किसानलाई मल उपलब्ध गराएको हो ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology