• सोमवार, श्रावण ११ गते २०८३

यस्ता छन् निजामती विधेयकमा माओवादीको असहमति

यस्ता छन् निजामती विधेयकमा माओवादीको असहमति

यस्ता छन् निजामती विधेयकमा माओवादीको असहमति

  • 59.4K
    SHARES

  • यस्ता छन्  निजामती विधेयकमा माओवादीको असहमति

    नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संघीय निजामती सेवा विधेयकमा  बुँदागत रुपमा असहमति राखेका छन्।  

    खासगरी कुलिङ पिरियड र अतिरिक्त सचिव राख्ने/नराख्ने विषयमा मत बाझिएको छ। आज संघीय निजामती सेवा विधेयक पास गर्ने तयारी छ।

    विधेयकमा स्पष्ट रुपमा कुलिङ पिरियड १ वर्ष राख्ने गरी प्रतिवेदन तयार पार्न लागेको भन्दै पाण्डेले असहमति जनाए। उनीसहित अधिकांश सांसदले कुलिङ पिरियड २ वर्ष राख्नुपर्ने बताउँदै आएका छन्।  

    माओवादीले अतिरिक्त सचिवको पद आवश्यक नै नहुँदा पनि राख्न खोजिएको भन्दै असहमति व्यक्त गरेको छ। सचिव र सहसचिवको संख्या यथावत् राखी थप पद सिर्जना गर्दा आर्थिक भार थपिने पाण्डेको तर्क छ।  

    पाण्डेले भेटेरिनरी सेवामा तह थप गर्नुपर्ने बताए। उनले भेटेरिनरीमा ८औं तह राख्नुपर्ने र यो तह राख्दा कर्मचारी व्यवस्थापन सहज हुने दाबी गरे। 

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology