• सोमवार, श्रावण ११ गते २०८३

पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोकेको छैनः पाण्डे

पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोकेको छैनः पाण्डे

पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोकेको छैनः पाण्डे

  • 79.7K
    SHARES

  • पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोकेको छैनः  पाण्डे

    नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले देशको सबैभन्दा माथिको पदमा रही सकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताउनुभएको छ ।

    संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले व्यक्तिको चाहनालाई नकार्न नसकिने बताउनुभएको हो । उहाँलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्कने घोषणा गरेको बारे प्रश्न सोधिएको थियो ।

    प्रमुख सचेतक पाण्डेले सम्माननीय पदमा पुगिसकेको देशको सबैभन्दा माथि रही सकेको व्यक्ति भएपनि आफ्नो चाहनालाई नकार्न नसकिने बताउनुभयो । संविधानले राजनीति गर्न हुँदैन भनेर नरोकेको उहाँको तर्क थियो ।

    उहाँले भन्नुभयो, ‘सम्माननीय पदमा पुगिसकेको देशको सबैभन्दा माथि रही सक्नुभएको व्यक्तिको आफ्नो चाहना हो, संविधानले कतै रोकेको जस्तो लाग्दैन । उहाँको आफ्नै निर्णय हो ।’

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology