सोमवार, श्रावण ११ गते २०८३
नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखकको ‘भिजिट भिसा’ प्रकरणमा कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको हो ।
बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘उहाँ निर्दोष हुनुहुन्छ । भिजिट भिसा प्रकरणमा कुनै संलग्नता छैन भन्ने कुरामा हामी विश्वस्त छौँ ।’
Copyright © 2026 All right reserved to Samajik Patra Site By: SobizTrend Technology