प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणबारे सरकारले भोलि औपचारिक घोषणा गर्ने भएको छ ।
परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी भ्रमणको मिति र कार्यतालिकाबारे जानकारी गराउने तयारी गरेको छ ।
प्रधानमन्त्री बालेनको भारत भ्रमण मंसिर ६ गतेदेखि दुई दिनका लागि हुने तयारी छ । प्रस्तावित कार्यतालिकाअनुसार प्रधानमन्त्री मंसिर ६ गते भारत जाने र ७ गते स्वदेश फर्किनेछन् ।
भारतका राष्ट्रपतिसँग भेटवार्तापछि प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक्लाएक्लै (वान टु वान) छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले जनाएको छ ।