१०७ औं बी पी जन्मजयन्तीको अवसर पारेर नेपाल तरुण दलले अस्पतालहरु स्वास्थ्या सामग्री हस्तान्तरण गरेको छ।
तरुण दलले ललिततपुरको पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान (पाटन अस्पताल) र राष्ट्रिय स्वास्थ्य बिज्ञान प्रतिष्ठान (वीर अस्पताल) मा छुट्टाछुट्टै कार्यक्रम गरि स्वास्थ्या सामग्री हस्तान्तरण गरेको हो।
अध्यक्ष जितजंग बस्नेतले पाटन अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा. सुमन कुमार श्रेष्ठलाई १००० थान सर्जिकल माक्स, २० थान पीपीई सेट र २० थान फेस शिल्ड प्रदान गरेका हुन् ।
आजै अर्को कार्यक्रमका वीच वीर अस्पतालका ईएनटी विभागका प्रमुख डा. दिपेन्द्र श्रेष्ठ तथा डा. अरुण केसीलाई बस्नेतले १००० थान सर्जिकल माक्स, २० थान पीपीई सेट र २० थान फेस शिल्ड प्रदान गरेका हुन् ।
जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहनुभएका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गर्दै १०७ औं वी.पी जयन्तीको जनताको स्वास्थ्य सेवामा अहोरात्र खटिने डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीलाई सहयोग जारी राखिने अध्यक्ष बस्नेतले बताए ।
हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष उत्तम कुमार चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ, महाधिवेशन प्रतिनिधि पदम भट्टराई, कार्यालयका प्रमुख सचिव थान प्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो ।