• शनिवार, कार्तिक ८ गते २०७७

अस्पताललाई रोटरीको पिसिआर मेसिन सहयोग

अस्पताललाई रोटरीको पिसिआर मेसिन सहयोग

अस्पताललाई रोटरीको पिसिआर मेसिन सहयोग

  • 1.0K
    SHARES

  • अस्पताललाई रोटरीको पिसिआर मेसिन सहयोग

    काठमाडौं । रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले भक्तपुर ठिमीस्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई एक थान पिसिआर मेसिन हस्तान्तरण गरेको छ ।

    एक कार्यक्रमका बीच रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर राजिव पोखरेलले उक्त पिसिआर मेसिन मध्यपुर ठिमी नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदन सुन्दर श्रेष्ठलाई हस्तान्तरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले रोटरीले अस्पताललाई विभिन्न समयमा पिपिई तथा अन्य किटहरु समेत सहयोग गर्दै आएकोमा धन्यवाद दिँदै रोटरीले गरेका कामहरुले समाजमा असाध्यै सकारात्मक प्रभाव परेको जानकारी दिए ।

    मेसिन हस्तान्तरण गर्दै डिस्ट्रिक्ट गभर्नर पोखरेलले रोटरी तथा रोटरीयनहरुले कोभिड संक्रमणको समयमा करिब २० करोड बढीको सहयोग गरेको बताउँदै सात वटै प्रदेशमा पिसिआर मेसिन हस्तान्तरण गरिने बताए । कोभिड सुरु हुँदा ताकाकै समयमा तत्कालिन डिस्टिक्ट गभर्नर किरणलाल श्रेष्ठले कोभिडको महामारीको समयमा पिसिआर मेसिन हस्तान्तरण गर्नका लागि पहल सुरु गरेका थिए ।

    कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर तथा रोटरी साक्षरता अभियानका संयोजक तिर्थमान शाक्यले रोटरीले खुशी बालबालिक र खुशी विद्यालय अभियान संचालन गर्न रोटरीले सहयोग गर्ने बचनवद्धता व्यक्त गरे । रोटरी क्लब अफ मध्यपुरको संयोजनमा भएको कार्यक्रममा क्लबका प्रेसिडेन्ट जगत कृष्ण प्रजापतीले रोटरीले समाजसेवामा गरेका कार्यहरुले आम मानिसमा प्रभावमुलक छाप परेको बताए ।

    रोटरीले नेपालमा विभिन्न क्षेत्रमा गरेका कामहरुसँगै कोरोना संक्रमणको अवधिमा देशभरका क्लब र रोटरीयनहरुले गरेका कामहरुलाई पनि दस्तावेजका रुपमा लैजानका लागि थालनी भएको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान, मिडिया रिलेसन एण्ड पब्लिक इमेजका चेयर भरत श्रेष्ठले बताए ।

    सामाजिकपत्र

    • शनिवार, आश्विन ३ २०७७१०:०३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology