• शनिवार, मंसिर १३ गते २०७७

आफन्त नेपालले गरायो २४ जना बालक र किशोरीलाई  पारिवारिक पुर्नमिलन

आफन्त नेपालले गरायो २४ जना बालक र किशोरीलाई  पारिवारिक पुर्नमिलन

आफन्त नेपालले गरायो २४ जना बालक र किशोरीलाई  पारिवारिक पुर्नमिलन

  • 1.2K
    SHARES

  • आफन्त नेपालले गरायो २४ जना बालक र किशोरीलाई  पारिवारिक पुर्नमिलन

    भारतका विभिन्न स्थानबाट उद्धार गरिएका २४ जना बालक र किशोरीलाई  पारिवारिक पुर्नमिलन गराइँएको छ ।

    आफन्त नेपाल र मानव बेचविखन विरुद्धको राष्ट्रिय समितिलको बैठकमा  गठित समितिले सोमबार पश्चिम नवलपरासीमा एक कार्यक्रम आयोजना गरी पारिवारिक पुनर्मिलन गराईएको  आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले बताए।

    विभिन्न प्रलोभनमा पारी भारत लगिएका १९ बालकको गाजियावादबाट र एक बालकसहित ४ किशोरीको दिल्लीबाट उद्धार गरिएको थियो।

    स्थानीय प्रहरी, दिल्ली महिला आयोगसँगको समन्वयमा  आफन्त नेपालले असोज १२ गते सोमबार साँझ भारतको राजधानी दिल्ली नजिकैको गाजियावादबाट १९ बालकको उद्धार गरेको थियो। १३ देखि १७ वर्षका यिनीहरु सबै नवलपरासीका हुन् भने दिल्लीबाट उद्धार गरिएका एक बालक सुर्खेतका, २ किशोरी बारा, १ जना रुपन्देही र १ किशोरी पर्वतका रहेका छन्।

    कोरोनाका कारण साना नाकामा सुरक्षाकर्मीको निगरानी फितलो भएको मौका छोप्दै मानवतस्करहरुले विभिन्न प्रलोभन दिएर उनीहरुलाई भारतका विभिन्न सहरमा पुर्याएको मानव वेचविखन नियन्त्रण शाखा प्रमूख गोमा ढकालले बताइन्।

    मानव तस्कहरुहरुले नेपाली युवा युवतीलाई लगेको गोप्य सूचनाका आधारमा स्थानीय प्रहरीको सहयोगमा उनीहरुलाई उद्धार गरिएको ढकालले बताइन्।

    उक्त बालबालिकाको उद्धार भएपछि स्वदेश फिर्ती र पारिवारिक पुनर्मिलनको लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, नेपाल प्रहरी र आफन्त नेपाल रहेको एक समिति गठन गरेको थियो।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology