• आइतवार, आश्विन ४ गते २०८३

कुखुरापालकलाई अनुदान दिन माग

कुखुरापालकलाई अनुदान दिन माग

कुखुरापालकलाई अनुदान दिन माग

  • 10.1K
    SHARES

  • कुखुरापालकलाई अनुदान दिन  माग

    नेपाली काँग्रेसका संघिय मामिला केन्द्रीय  बिभागका सदस्य युवराज बस्ताकाेटीले कुखुरापालकलाई अनुदान दिन स्थानीय सरकारसँग माग गरेका छन्। 

     उनले ग्रामीण भेगका सानाे इकाइमा कुखुरा पालन गर्दै आएका किसानले कुखुरा बेचेर लगानी पनि उठाउन नसक्ने स्थिती आएको भन्दै कुखुरापालकलाई अनुदान दिन माग गरेका हुन्। 

     स्थानीय किसानले दुखकाे उत्पादनमा यथेष्ठ मूल्य पाउने व्यवस्था स्थानीय सरकारले गर्नु पर्ने उनको  भनाइ रहेको छ।

    सर्वसाधारण जनताकाे श्रमकाे मूल्य राज्यले दिनु नै कल्याणकारी राज्य हाे, उहाँकाे तर्क छ । उत्पादनमा लागेका किसानलाई प्राेत्साहित गर्नु पर्ने तर निरुत्साहित हुन दिन नहुने यथार्थ तर्क गर्दै आएका  बस्ताकाेटी ग्रामिण बिकास रणनीतिकार समेत हुन् । 

     कृषि  काम गरिरहेका बाहेक अन्यले अनुदानकाे लाेभ गर्नु भने गैर कानुनी भन्दै उनले वास्तविक कृषक चिनेर अनुदान दिनु पर्नेमा उनको जोड थियो।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology