नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो भूमिकाप्रति आपत्ति जनाएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको आन्तरिम विवादमा आफ्नो भूमिका बढाइरहेको समाचार आईरहेका बेला नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।
‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिंदै राष्ट्रपति सक्रय रहनुभएको समाचार आइरहेको छ,’ नेता रावलले शुक्रबार ट्विटरमा लेखेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन, स्थापित प्रणालीको अवज्ञा र नेपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।’
पछिल्लो समय नेकपाको आन्तरिक विवादमा राष्ट्रपति भण्डारी अध्यक्ष केपी ओलीको पक्षमा लागेको आरोप लाग्दै आएको छ।
राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो नेकपा उपाध्यक्ष वामदेव गौतम रबुधबार गृहमन्त्री रामबहादुर थापा बादललाई शीतलनिवास बोलाएर भेट गरेकी छन्। बुधबारै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रपति भण्डारीसँग छुट्टै भेटवार्ता गरेका छन्।