• आइतवार, आश्विन ४ गते २०८३

कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका दलालहरू हुन् : भीम रावल

कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका दलालहरू हुन् : भीम रावल

कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका दलालहरू हुन् : भीम रावल

  • 5.7K
    SHARES

  • कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका  दलालहरू हुन्  : भीम रावल

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले  कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका दलालहरु भएको आरोप लगाएका छन्। 

    उनले आज  ट्वीटरमा लेखेका छन्, ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् ।’

    रावलले थप लेखेका छन्, ‘यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन ।’

    शुक्रबार सम्पन्न नेकपा स्थायी कमिटी बैठकमा रावलले एमसीसी पारित गर्नुपर्ने अभिव्यक्ति दिएका समाचारहरु आएका छन् ।

    नेकपाको स्थायी कमिटीको बैठकले पनि एमसीसी परिमार्जनसहित पारित गर्नुपर्ने निर्णय गरेको छ ।

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology