• सोमवार, श्रावण ११ गते २०८३

फाइजरको खोपलाई एफडीएले दियो स्वीकृत

फाइजरको खोपलाई एफडीएले दियो स्वीकृत

फाइजरको खोपलाई एफडीएले दियो स्वीकृत

  • 9.5K
    SHARES

  • फाइजरको खोपलाई एफडीएले दियो स्वीकृत

     खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएको छ।

    अब भ्याक्सिन देशभर पुर्‍याइने र अभियान केहीदिनभित्रै सुरु हुने अधिकारीहरुले जनाएका छन्। फाइजर तथा बायोएनटेकले तयार पारेको कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी मानिएको छ।

    एफडीएले अहिले आपतकालीन प्रयोगका लागिमात्रै अनुमति दिएको हो। स्थायी अनुमतिका लागि फाइजरले फेरि अलग्गै आवेदन दिनुपर्नेछ ।

    एफडीए प्रमुख डा. स्टीफन हानले यो स्वीकृति कोभिड महामारीविरुद्धको लडाइँमा महत्वपूर्ण कोशेढुंगा रहेको बताएका छन।

    यसअघि फाइजरको भ्याक्सिनलाई बेलायत, बहराइन, साउदी अरब र क्यानडाले स्वीकृति दिइसकेका छन्।

    सामाजिकपत्र

    • शनिवार, मंसिर २७ २०७७०४:३४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology