• सोमवार, श्रावण ११ गते २०८३

प्रधानमन्त्री र विप्लव तथा मोहन बैद्यको चिन्तन उस्तै हो - मणि थापा

प्रधानमन्त्री र विप्लव तथा मोहन बैद्यको चिन्तन उस्तै हो - मणि थापा

प्रधानमन्त्री र विप्लव तथा मोहन बैद्यको चिन्तन उस्तै हो - मणि थापा

  • 27.3K
    SHARES

  • प्रधानमन्त्री र विप्लव तथा मोहन बैद्यको चिन्तन  उस्तै हो - मणि थापा

    काठमाडौं - खानेपानी मन्त्री मणिचन्द्र थापाले सरकारले  प्रतिवन्ध गरेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव  तथा  नेकपा क्रान्तीकारी माओवादीका महासिचव मोहन बैद्यको चिन्तनमा समानता रहेको बताएका छन् ।

    हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै मन्त्री थापाले विप्वलमा राष्ट्रिय चिन्तन र सोच भएको र प्रधानमन्त्रीको पनि राष्ट्रवादी सोच बनिरहेकोले उनीहरु दुवैको चिन्तन मिल्ने तथा नेकपा क्रान्तीकारी माओवादीका महासिचव मोहन बैद्यले अध्ययन गरेको पूर्वीय सभ्यता, संस्कृति पनि प्रधानमन्त्री ओलीको अध्ययन र विचारसँग मिल्ने दाबी गरेका छन् ।

    पछिल्लो समय मन्त्री मणिचन्द्र थापा प्रधानमन्त्री ओलीसँग विप्लव समुहको वार्ता गराउन क्रियाशील रहदै आएका छन् ।

    वैद्य र विप्लवले नेतृत्व गरेको पार्टि एकताको तयारी 

    भूमिगत समूहको नेतृत्व गरेका विप्लव समूहले वैद्य माओवादीसँग कार्यगत एकता गर्न छलफल गरिरहेको समाचार प्राप्त भएको छ ।

    जनयुद्ध दिवसको सन्दर्भ पारेर १ फागुनमा त्यससम्बन्धी घोषणा गर्ने वैद्य–विप्लवको तयारी रहेको स्रोत बताउँछ ।

    वैद्य अध्यक्ष र विप्लव कार्यकारी अधिकारसहित महासचिव हुने भनेर छलफल भइरहेको स्रोत बताउँछ । तर, पार्टीमाथि प्रतिबन्ध लागेका कारण दुई पक्षबीच एकतामा अवरोध भएको दुवै पक्षको बुझाइ छ । त्यसैले नेता मोहन वैद्य ‘किरण’ लगायतले पनि सरकारसँग  वार्ताका लागि पहल गरिरहेको सरकारी स्रोतको दाबी छ ।

    सिधै  विप्लवसँग वार्ता गर्ने ओलीको तयारी

    प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिगत समूहको नेतृत्व गरेका विप्लवसँग सम्पर्क गरि वार्ता गर्ने प्रयास गरेको थाहा हुन् आएको छ । उनले विप्लव सम्पर्क गर्न  विभिन्न च्यानल प्रयोग गरेका छन् । 

    यसका लागि  प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्रहरुलाई जिम्मेवारी दिएका छन् । बालुवाटारका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदीप ज्ञवालीलगायतलाई यसमा समन्वय गर्न भनिएको सरकारी स्रोत बताउँछ ।

    ओली पक्षमा लागेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि छुट्टै टोली परिचालन गरेका छन् । यसमा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई पनि लागि परेका छन् ।

    स्रोतका अनुसार सरकारले विप्लव समूह छाडेका नेताहरुको माध्यमबाट पनि समूहसँग अनौपचारिक सम्वादलाई अघि बढाइरहेको छ । स्रोतका अनुसार विप्लव समूह परित्याग गरेका नेता गुणराज लोहोनी लगायतमार्फत समेत सम्वादको प्रयास भइरहेको हो ।

    हिरासतमा रहेका धर्मेन्द्र बाँस्तोलामार्फत पनि समूहका शर्तहरुबारे बुझ्ने काम भइरहेको स्रोत बताउँछ । यसमा सुरक्षा निकायले पनि समन्वयकारी भूमिका निभाइरहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology