• सोमवार, श्रावण ११ गते २०८३

किन छुटेनन् विप्लवका सबै नेता कार्यकर्ता ?

किन छुटेनन् विप्लवका सबै नेता कार्यकर्ता ?

किन छुटेनन् विप्लवका सबै नेता कार्यकर्ता ?

  • 12.3K
    SHARES

  • किन छुटेनन् विप्लवका सबै नेता कार्यकर्ता ?

    रासस - सरकार र नेत्रविक्रम  चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । 

    विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा छन्। अदालतको आदेश नआउँदा विप्लवका केन्द्रीय नेता लामासहित १० कार्यकर्ता खाँदबारी कारागारमै छन् । 

    खाँदबारी कारागारमा सङ्खुवासभा जिल्ला इञ्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, यामप्रसाद गौतमलगायत १० कार्यकर्ता खाँदबारी कारागार छन् । 

    विप्लवका नेता कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले बताए । 

    यो पनि पढ्नुहोस :

    विप्लवको पछि लाग्न प्रचण्ड तयार, राखे यस्तो प्रस्ताव

    विप्लवले झिके प्रचण्डको सातो जाने प्रसङ्ग, माओवादी केन्द्रमा हलचल

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology