• आइतवार, आश्विन ४ गते २०८३

विप्लवले झिके प्रचण्डको सातो जाने प्रसङ्ग, माओवादी केन्द्रमा हलचल

विप्लवले झिके प्रचण्डको सातो जाने प्रसङ्ग, माओवादी केन्द्रमा हलचल

विप्लवले झिके प्रचण्डको सातो जाने प्रसङ्ग, माओवादी केन्द्रमा हलचल

  • 29.4K
    SHARES

  • विप्लवले झिके प्रचण्डको सातो जाने प्रसङ्ग, माओवादी केन्द्रमा हलचल

    काठमाडौँ – भर्खरै खुल्ला राजनितिमा आएका नेपाल कम्युनिस्ट पार्टिका महासचिव नेत्रबिक्रम चन्द्र विप्लवले माओवादी जनमुक्ति सेनाको क्यान्टोनमेन्टमा १९ अर्ब रुपैयाँ भ्रष्टाचार भएको प्रसंग कोट्याएका छन्।

    विप्लवले भने, ‘जनमुक्ति सेनाको पैसामा भ्रष्टाचार भएको छ। २० हजार जनाको हिनामिना भयो। हिजो एक जनाको पाँच हजार काटेर १९ अर्ब खायो भनेर अहिले पनि बाहिर चर्चा छ।’

    महासचिव चन्दले अहिले राष्ट्रिय राजनीतिको मुख्य विषय नै भ्रष्टाचार भएको उल्लेख गर्दै प्रचण्ड र केपी ओलीले एक अर्कालाई भ्रष्टाचारीको आरोप लगाएको स्मरण गरे। ‘प्रचण्डले ओलीविरुद्ध १९ पृष्ठको भ्रष्टाचारको आरोप लगाए। ओलीले म त के हुँ र सबै तिम्रो मान्छे हुन् भने। भ्रष्टाचारको अवस्था यस्तो छ’, चन्दले भने।

    उनले आफ्नो पार्टीले भ्रष्टाचार विरुद्ध संघर्ष गर्दा प्रतिबन्ध लाग्दा पनि संघर्ष जारी राखेको दाबी गरे। चन्दले भने, ‘हामीमाथि प्रतिबन्ध लागेपछि गाउँमा गयौँ, रुखका बुटामा सुत्यौँ। भ्रष्टाचारका विरुद्ध संघर्ष गरौँ। अहिले हामी त्यही एजेण्डा बोकर शहर फर्कियौँ।’

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology