• सोमवार, श्रावण ११ गते २०८३

विप्लव र माओवादी केन्द्रीबीच पार्टी एकीकरण गर्ने सहमति

विप्लव र माओवादी केन्द्रीबीच पार्टी एकीकरण गर्ने सहमति

विप्लव र माओवादी केन्द्रीबीच पार्टी एकीकरण गर्ने सहमति

  • 11.1K
    SHARES

  • विप्लव र माओवादी केन्द्रीबीच पार्टी एकीकरण गर्ने सहमति

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र)बीच एकता हुने भएको छ ।

    विप्लव र सुशीलद्वारा शनिबार संयुक्त रुपमा जारी तीन बुँदे सहमतिमा क्रान्तिकारीहरूबीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने उल्लेख छ ।

    उनीहरूले यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरूलाई पनि सहभागी बनाउने जनाएका छन् । दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ संयुक्त रुपमा सहकार्य गर्ने निर्णय पनि भएको छ ।

    सरकारसँग सहमति गरेर खुल्ला राजनीतिमा आएका विप्लवले साना कम्युनिस्ट पार्टीहरूसँग वार्ता गरेर कम्युनिस्ट आन्दोलन अगाडि बढाउन खोजेका छन् । विप्लवले यसअघि विभिन्न साना पार्टीहरूसँग मोर्चा समेत बनाइसकेका छन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology