• आइतवार, आश्विन ४ गते २०८३

एक्कासि गर्यो माधव नेपाल समूहले बोल्ड निर्णय, बालुवाटारमा हलचल

एक्कासि गर्यो माधव नेपाल समूहले बोल्ड निर्णय, बालुवाटारमा हलचल

एक्कासि गर्यो माधव नेपाल समूहले बोल्ड निर्णय, बालुवाटारमा हलचल

  • 7.8K
    SHARES

  • एक्कासि गर्यो माधव नेपाल समूहले बोल्ड निर्णय, बालुवाटारमा हलचल

    काठमाडौँ -  विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा हस्ताक्षर गर्न नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरु सिंहदरबारमा भेला भएका छन् ।

    विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च अदालतमा दायर गर्ने रिट तयार भएसँगै नेपाल पक्षका सांसदहरु सिंहदरबारमा आइपुगेका हुन् ।

    एक हलमा हस्ताक्षर संकलन जारी छ। माधव नेपाल, जिवनराम श्रेष्ठ, निरादेवी जैरु, लक्ष्मी चौधरी, बिरोध खतिवडा, सोमप्रसाद पाण्डे, रामकुमारी झाक्री, लक्ष्मी चौधरी, झपट रावल, सोमप्रसाद पाण्डे लगायत छन् ।  केही सांसदहरुले वारेसनामा दिएका छन् ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी गठबन्धनले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेको हो ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology