काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले शान्तिपूर्ण राजनीतिमा आएको नभई शान्तिपूर्ण हिसाबले आफ्नो धारणा राख्न तयार रहेको वताएका छन्।
हिमालयन टेलिभिजनबाट संचालन हुने कार्यक्रम यक्ष प्रश्नमा आफ्नो धारणा राख्दै विप्लवले यस्तो वताएका हुन्।
हामीले त्यतिबेला पनि शान्तिपूर्ण राजनीतिमा आयौं भनेको होइन भन्दै विप्लवले भने, " शान्तिपूर्ण हिसाबले आफ्नो धारणा राख्न तयार छौं भनेको हो । जुन हामी पहिलेदेखि नै त्यही मान्यतामा छौं । जनयुद्ध पनि शान्तिपूर्ण राजनीतिको उत्कर्ष थियो । मलाई लाग्छ राजनीतिलाई शान्तिपूर्ण र हिंसात्मक भनेर वर्गीकरण गर्नुहुन्न । हाम्रो बुझाइमा त्यहीँ त्रुटि छ । हामी भूमिगत अवस्थामा पनि शान्तिपूर्ण राजनीतिमै थियौं । "
यो पनि -
हेर्नुहोस विप्लव बस्ने लालझुपडी, किन बस्छन उनि झुपडीमा ? खोले यस्तो कुरा
" चन्दाको कुरा गर्दा हाम्रो पार्टीको एउटा आर्थिक दृष्टिकोण छ। पार्टी के हो ? कार्यकर्ता के हो ? भन्ने कुरालाई समेटेर हामीले नयाँ दृष्टिकोण सार्वजनिक गर्दैछौं । कम्युनिष्ट पार्टीको आदर्श के हो ? त्यो भत्किनुको कारण के हो ? भन्ने बारेमा हामीले अध्ययन गर्दैछौं । कम्युनिष्ट कार्यकर्ता भनेको बोझ होइन भन्ने बारेमा हामीले प्रमाणित गर्न खोज्दैछौं ।" विप्लवले भने।
जग्गा फिर्ताको विषयमा कुरा गर्दै विप्लवले पुराना दिनहरु सम्झदै भने , " त्यसको फिर्ताको त कुरै नगरौं । ती जग्गाहरु कहाँ पुगे भन्ने त अर्कै कुरा छ । त्यतिबेला सर्वहाराकरण गर्ने भन्ने नीति अनुसार नै हामीले पार्टीलाई बुझाएका थियौं । तर शान्तिप्रक्रियापछि त्यो सर्वहाराकरणको नीति बदलियो । त्यही क्रममा हामीले पनि पार्टीलाई दिएको जग्गा आफैँले उपभोग गर्न थाल्यौं । "