भारत - भारतको सबैभन्दा ठूलो अस्पताल एम्सका निर्देशक डा. रणदीप गुलेरियाले पनि कोरोनाको तेस्रो लहर रोक्न नसकिने बताएका छन् । तर, यो हाम्रो व्यवहारमा निर्भर हुने पनि उनले बताएका छन् ।
उनले कोरोनाभाइरसको तेस्रो लहर आए पनि त्यसबाट बच्नका लागि तीन विशेष काम गर्नु पर्ने बताएका छन् । उनले कन्ट्याक्ट ट्रेसिङ गर्नु पनि निकै महत्वपूर्ण हुने पनि बताएका छन् । यसका साथसाथै भ्याक्सिनको प्रबन्ध पनि निकै महत्वपूर्ण हुने उनले बताएका छन् । भारतीय चिकित्सकहरु कोरोनाको तेस्रो लहरका विषयमा चिन्तित हुन थालेका छन् ।
महामारी रोक्नका लागि स्वास्थ्य मापदण्डहरु पालना गर्नुपर्ने , मास्क लगाउनु, स्यानिटाइजर प्रयोग गर्नु र भौतिक दूरी कायम गर्नु नै उत्तम उपाय भएको चिकित्सिकहरुले वताउदै आएका छन्।
भारतमा अहिलेसम्म झन्डै चार लाखजनाले कोरोनाको कारण ज्यान गुमाइसकेका छन्। करिब तीन करोढ संक्रमित भएको भारतमा झन्डै २९ करोढ निको भएर घर फर्किसकेको विश्व स्वास्थ्य संगठनको डाटामा उल्लेख छ।