• बिहिवार, कार्तिक २० गते २०८३

पूर्व माओवादीलाई एकै ठाउँमा जोड्ने प्रयत्न गर्दै विप्लव समूह

पूर्व माओवादीलाई एकै ठाउँमा जोड्ने प्रयत्न गर्दै विप्लव समूह

पूर्व माओवादीलाई एकै ठाउँमा जोड्ने प्रयत्न गर्दै विप्लव समूह

  • 13.5K
    SHARES

  • पूर्व माओवादीलाई एकै ठाउँमा जोड्ने प्रयत्न गर्दै विप्लव समूह

    काठमाडौं - नेत्र विक्रम चन्द 'विप्लव' ले नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले पूर्व माओवादीलाई एकै ठाउमा ल्याउने गरि गृहकार्य गरेको छ।  विप्लव समूहका शीर्ष नेताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसँग भेटेर  एकता प्रयास गरेका हुन् ।

    महासचिव नेत्रविक्रम चन्द (विप्लव) को निर्देशनमा शीर्ष नेताहरूले प्रचण्ड र डा.भट्टराईसँगको भेटलाई तीव्रता दिएका हुन् । विप्लव समूहका प्रभावशाली नेता धर्मेन्द्र बास्तोलाले शनिबार माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड) सँग भेटेका छन् ।

    तत्कालीन ‘सहयोद्धा’हरूबीच शनिबार प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयीक राजनीतिबारे छलफल भएको जनाइएको छ । प्रचण्डलाई भेट्न बास्तोलासँगै उदयबहादुर चलाउनेसमेत प्रचण्ड निवास पुगेका थिए ।बास्तोलाले प्रचण्डसँग प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादलगायत विषयमा छलफल भएको जनाएका छन् ।

    समसामयिक राजनीति, विघटित अवस्थामा रहेको प्रतिनिधिसभा र संसदीय व्यवस्थाको औचित्य र यसमा नेपाल कम्युनिस्ट पार्टीले समाधान दिन प्रस्ताव गरेको साथै प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवाद लगायतका विषयहरूमा प्रचण्डसँग सौहार्द छलफल भएको बास्तोलाले बताएका छन् ।

    यसैबीच बास्तोला र चलाउनेले बुधबार डा.भट्टराईलाई पनि भेटेका थिए । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बास्तोलाको भनाइ छ । डा.भट्टराई निवास टोखामा भएको भेटमा जसपा नेता भक्तबहादुर शाह पनि सहभागी थिए ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology