एजेन्सी साउन १८ । प्याज जो कोहीको भान्सामा रहेको हुन्छ । तर प्याजबाट पनि कहिले काँही ब्याक्टेरिया संक्रमण हुने खतरा देखिएको छ ।

हालै अमेरीकाको विभिन्न राज्यमा प्याजबाट साल्मोनेला नामक ब्याक्टेरिया संक्रमण भएर करीब ४ सय जना बिरामी परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ती मध्य कम्तीमा ६० जनालाई अस्पतालमै भर्ना गरिएको छ ।

एउटा निजी कम्पनीले उक्त प्याज आपुर्ति गरेको बताईएको छ । यस्तै क्यानडामा पनि केही मामला देखा परेको बताईएको छ ।

थमसन ईन्टरनेसनल कम्पनीले उक्त प्याज आपुर्ति गरेको र पछि अनुसन्धानबाट रातो रंगको प्याजबाट संक्रमण मानिसमा भएको पुष्टी भएको थियो ।
सो कम्पनीले यो संक्रमण देखा परे पछि पसलमा आफूले बितरण गरेका सबै प्याज फिर्ता लिईरहेको बताईएको छ ।

यो प्याजले डायरीया, ज्वरो, पेट दुख्ने जस्ता समस्या देखा परेको बताईएको छ ।