• सोमवार, श्रावण ११ गते २०८३

स्वास्थ्यमन्त्री ढकाललाई बर्खास्त गरि अधिकारीलाई मन्त्रालयको जिम्मा दिने छलफल

स्वास्थ्यमन्त्री ढकाललाई बर्खास्त गरि अधिकारीलाई मन्त्रालयको जिम्मा दिने छलफल

स्वास्थ्यमन्त्री ढकाललाई बर्खास्त गरि अधिकारीलाई मन्त्रालयको जिम्मा दिने छलफल

  • 5.9K
    SHARES

  • स्वास्थ्यमन्त्री ढकाललाई बर्खास्त गरि अधिकारीलाई मन्त्रालयको जिम्मा दिने छलफल

    स्वास्थ्य तथा जनसंख्य मन्त्री भनुभक्त ढकाल बर्खास्त हुने भएका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेदेखि नै पटकपटक विवाद आएको र मन्त्रालय चलाउन असक्षम भएको भन्दै मन्त्री ढकाललाई हटाउने अन्तिम तयारी भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास गरेर कानुनबाट स्वास्थ्य मन्त्रालयमा ल्याएका थिए । तर, प्रभावकारी रुपमा कार्य सम्पादन गर्न नसकेपछि प्रधानमन्त्री बर्खास्त गर्ने निष्कर्षमा पुगेका हुन् ।

    कोरोना संकटसँग जुध्ने मुख्य जिम्मेवारी स्वास्थ्य मन्त्रालयालाई छ । तर, मन्त्री ढकाल स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा कमिसनको चक्करमा लागेको र मन्त्रालयका कर्मचारीहरुसहितको टीमवर्क नगरेर एकजना व्यक्तिबाट चलेको बालुवाटारको निष्कर्ष छ ।

    स्वास्थ्य सामाग्री खरिदमा प्रक्रियामा ओम्नी ग्रुप, ओम सर्जिकलसहित तीन कम्पनी छनोट र तेस्रो पटक फेरि १२ औं नम्बरको ओम सर्जिकललाई ठेक्का दिनेसम्म मन्त्री ढकाल प्रत्यक्ष रुपमा जोडिएका छन् । कोरोना संकटमा कमाउ धन्दा चलाउन मन्त्री ढकालले नीतिगत रुपमै भ्रष्टाचार गर्ने गरेको भन्दै चौतर्फी रुपमा विरोध भइरहेको छ । त्यस्तै विवादित एनसेलको पैसाबाट मन्त्रालयको विज्ञापन गर्ने कार्य पनि मन्त्रीकै निर्देशनमा भएको मन्त्रालय स्रोतको दाबी छ ।

    मन्त्री ढकाल आफ्ना विज्ञ सल्लाहकार डा. खेम कार्कीबाट चलेको कर्मचारीको आरोप छ । स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा ओम्नी समूहदेखि ओम सर्जिकलसँगको सेटिङ पनि कार्कीकै योजनामा मन्त्रीमाथि ढकाल पनि संलग्न भएको आरोप छ ।

    मन्त्री ढकालले स्वास्थ्य मन्त्रालय समालेदेखि अहिलेसम्म तीनवटा सचिव र तीनवटा स्वास्थ्य सेवा विभागका महानिर्देश बदलिसकेका छन् । मन्त्री सल्लाहकार कार्कीसँग मिलेर मन्त्रालयका सचिवदेखि अरु कर्मचारीहरुसँग बाइपास गर्ने गरेका छन् । गलत नियतले दिने निर्देशनलाई नमानेपछि मन्त्री ढकालले सुरुमा सचिव खगराज बराललाई हटाएर यादब कोइरालालाई ल्याए । कोइरालाले पनि सहयोग नगरेको भन्दै लक्ष्मण अर्याललाई स्वास्थ्य सचिवमा ल्याए । अहिले अर्यालसँग पनि विवाद सुरु भइसकेको मन्त्रालयका कर्मचारी बताउँछन् ।

    त्यसैगरी मन्त्री ढकालले सुरुमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरेललाई हटाएर गैर मेडिकलका महेन्द्र श्रेष्ठलाई महानिर्देशक बनाए । सुरुमा श्रेष्ठलाई निकै विश्वास गरेको तर पछि मन्त्रीले निर्देशनअनुसार काम नगरेको भन्दै उनलाई हटाएर डा.दिपेन्द्ररमण सिंहलाई महानिर्देशक बनाएका छन् ।

    त्यस्तै डा. कार्कीकै सल्लाहमा मन्त्री ढकालले शुक्रराज ट्रापिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनलाई कारवाही गरेका थिए । तर, चौतर्फी विरोध भएपछि कारवाही रोकिएको थियो ।

    मन्त्री ढकाल र सल्लाहकार डा. कार्कीकै संलग्नतामा स्वास्थ्य मन्त्रालयमा नीतिगत भ्रष्टाचार र स्वास्थ्य सामाग्रीमा भएको अनियमिताबारे प्रधानमन्त्रीले स्पष्टिकरण सोधेका थिए । उनले आफू विभागसँग नजोडिएको र डा. कार्कीले योजना बनाएको भन्दै बुझ्ने बताउने गरेका थिए ।

    मन्त्री ढकालले आफू बच्न कर्मचारीले बदमासी गरेको प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्ने र उनले भनेअनुसार नै मन्त्रालयका सचिव र विभागका महानिर्देशक परिवर्तन हुँदै आएका थिए । तर, अहिले मन्त्री ढकालले आफू बच्न कर्मचारीलाई दोष दिने गरेको भन्ने प्रधानमन्त्रीले निष्कर्ष निकालेको स्रोत बताउँछ ।

    “प्रधानमन्त्रीज्यूले विश्वास गरेर स्वास्थ्य मन्त्रालयको जिम्मा दिनु भएको थियो । तर, स्वास्थ्य सामाग्री खरिदलगायतका समस्या आउन थाले । प्रधानमन्त्रीले जानकारी माग्दा कर्मचारीले बदमासी गरेको जवाफ दिनुभयो । उहाँले भनेअनुसार नै सचिव, महानिर्देशक र अरुकर्मचारीको सरुवा भयो तर जुन सचिव र महानिर्देशक आउँदा पनि समस्या उस्तै भएपछि प्रधानमन्त्री हटाउने निष्कर्षमा पुग्नुभएको छ” बालुवाटार स्रोतले भन्यो । शुक्रबार पनि मन्त्री ढकाललाई हटाउनेबारे छलफल भएको थियो ।

    स्रोतका अनुसार मन्त्री ढकाललाई हटाएर पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिने प्रधानमन्त्री ओलीले गृहकार्य थालेका छन् । कास्कीबाट प्रतिनिधिसभामा निर्वाचित यसअघि भूकम्पको बेला कुशलतापूर्वक मन्त्रालय चलाएको र अहिले कोरोना संकटसँग पनि जुध्न सक्ने विश्वास प्रधानमन्त्रीको छ । प्रधानमन्त्री ओलीका विश्वास पात्र समेत रहेका अधिकारी पार्टी एकता हुनुभन्दा पहिले संसदीय दलको प्रमुख सचेतक समेत थिए ।

    अधिकारीले कर्मचारीसहितको टीमवर्क गरेका कारण सफल भएको र ढकालले टीमवर्क गर्न नसक्दा असफल भएको निष्कर्षमा प्रधानमन्त्री पुगेको स्रोत बताउँछ । “कर्मचारीसहितको टीमवर्क गर्न नसकेकै कारण ढकाल मन्त्रालय चलाउन असफल हुनुभएको हो । कोरोनासँग जुध्न टीमवर्क आवश्यक हुन्छ । त्यो गर्न सक्ने पूर्वस्वास्थ्यमन्त्री अधिकारी हुनुहुन्छ । प्रधानमन्त्रीले उहाँलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने सोच्नुभएको छ” स्रोतले भन्यो ।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७११:११:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology