• सोमवार, श्रावण ११ गते २०८३

ओलीकी निजी चिकित्सक शाह आईओएमको डिन नियुक्त

ओलीकी निजी चिकित्सक शाह आईओएमको डिन नियुक्त

ओलीकी निजी चिकित्सक शाह आईओएमको डिन नियुक्त

  • 10.4K
    SHARES

  • ओलीकी निजी चिकित्सक शाह आईओएमको डिन नियुक्त

    प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीनमा डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् ।

    त्रिवि कार्यकारी परिषद्ले प्रधानमन्त्री  ओलीका निजी चिकित्सकसमेत रहेकी शाहलाई डिनमा नियुक्त गरेको रजिस्टार पेशल दाहालले जानकारी दिए ।

    प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठन भएको सर्च कमिटीले शाहसँगै प्रा. डा. प्रदीप वैध र प्रा. डा. उत्तमकृष्ण श्रेष्ठलाई डिनका लागि सिफारिस गरेको थियो ।

    शाहलाई डिनमा नियुक्त गरेसँगै केही बर्षदेखि वरिष्ठताका आधारमा नियुक्त हुने परम्परा तोडिएको छ । यसअघि डिन नियुक्ती वरिष्ठताका आधारमा हुनुपर्ने माग राख्र्दै वरिष्ठ चिकित्सक गोविन्द केसी पटक पटक अनशन बसेका थिए।

    उनी आईओएमको वरिष्ठतामा १७ औ नम्वरमा थिईन । प्रधानमन्त्रीको निर्देशनपछि सर्च कमिटिले सिफारिस गरेको केही घण्टामा हतार हतार त्रिवि कार्यकारी परिषदले शाहलाई डिन नियुक्त गरेको हो ।

    आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण २१ जेठमा अवकाश पाएका थिए ।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७११:१२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology