• सोमवार, श्रावण ११ गते २०८३

कोरोनोविरुद्ध अर्को उपलब्धि, अमेरिकामा बन्यो मल्हम

कोरोनोविरुद्ध अर्को उपलब्धि, अमेरिकामा बन्यो मल्हम

कोरोनोविरुद्ध अर्को उपलब्धि, अमेरिकामा बन्यो मल्हम

  • 7.6K
    SHARES

  • कोरोनोविरुद्ध अर्को उपलब्धि, अमेरिकामा बन्यो मल्हम

    वासिङटन डिसी । कोरोना भाइरसको संक्रमणबाट जोगिन विभिन्न भ्याक्सिनको प्रयोग भइरहेको समाचारहरु आइरहेको बेला अमेरिकामा भने नयाँ मल्हम बनेको छ । यसले संक्रमणलाई फैलन नदिने दावी गरिएको छ ।

    अमेरिकाको एक फर्मा कम्पनीले कोरोना भाइरसलाई ३० सेकेण्डमा मार्ने मल्हम बनएको दावी गरेको छ । वैज्ञानिकहरुले यो मल्हमको नाम ‘टी थ्री एक्स’ राखेका छन ।

    यो मल्हमको परीक्षण सफल भएलगत्तै अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले यसको प्रयोगमा अनुमति दिएको छ । वैज्ञनिकहरुको भनाई उधृत गर्दै द ईकोनोमिक टाइम्सले जनाएअनुसार यो मल्हमलाई नाकमा लगाउँदा कोरोनासंगै अन्य विभिन्न प्रकारका भाइरसको संक्रमण हुन दिंदैन ।

    बैज्ञानिकहरुका अनुसार ‘टी थ्री एक्स’ मल्हम नाकमा लगाउँदा एक प्रकारको लेयरको निर्माण हुन्छ । त्यसले कोरोना लगायत कुनै पनि भाइरसलाई नाकबाट शरीरमा पस्न दिंदैन । सामान्यतया धेरैजसोमा संक्रमण नाकबाटै हुने गरेका छन ।

    यो मल्हमको प्रयोगले कोरोना संक्रमणमा कमी ल्याउन सकिने यो मल्हमको विकास र अनुसन्धानमा लागेको टेक्ससको एक कम्पनी एडभान्स पेनिट्रेशन टेक्नोलोजीका संस्थापक डाक्टर ब्रायन हबरले यस्तो बताउनु भयो । डा.हबरका अनुसार यो मल्हम कोरोना संक्रमितको उपचारका लागि महत्वपूर्ण उपलब्धी हो ।

    ‘यो मल्हम कोरोना भाइरससंग लड्नमा महत्वपूर्ण सहयोगी साबित हुनेछ । महिनौंदेखि अपेक्षा गरिएको सुरक्षा कवचको रुपमा यो मल्हमले स्थान पाउनेछ,’ डा.हबरको भनाई छ । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडिए)ले यो मल्हमलाई ओभर द काउन्टर मेडिसिनको रुपमा स्विकृति दिएको छ ।

    यो अनुमतिसँगै यो मल्हमको प्रयोगका लागि डाक्टरको प्रेसक्रिप्सन आवश्यक पर्दैन । मेडिकल स्टोरबाट सहजै खरिद गर्न सकिनेछ । ईकोनोमिक टाइम्सको समाचार अनुसार दुई महिनाअघि यो मल्हमको परीक्षण सुरु गरिएको थियो । परीक्षण सफल भएपछि मात्रै एफडिएले प्रयोगका लागि स्विकृति दिएको हो ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology