• आइतवार, आश्विन ४ गते २०८३

राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको सुविधा खारेज गरौं : गगन थापा

राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको सुविधा खारेज गरौं : गगन थापा

राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको सुविधा खारेज गरौं : गगन थापा

  • 2.3K
    SHARES

  • राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको सुविधा खारेज गरौं : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले  राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताएका छन्।

    विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने उनले  बताए।

    महामन्त्री थापा भने, ‘म यो वर्ष कुनै पनि ठाउँमा कसैलाई पनि स्वास्थ्योपचारका नाममा एक रुपैँयाँ पनि राष्ट्रको ढुकुटीबाट खर्च गर्दिनँ भनेर सबैले व्यवहारमा लागू गर्न सक्नुपर्छ।’

    ‘सांसदले तलब पाउँछ, संसद् बैठक बसेको बेला सांसदहरूले बैठकभत्ता पाउँछ। त्यो ठूलो पैसा छैन। तर यो वर्ष अप्ठयारो परेको वर्ष भएकाले सांसदले हामी यसरी प्राप्त गरिरहेको सेवा सुविधा कटौती गर्छौँ भनेर लाग्यौँ भने बल्ल देशभित्रको आर्थिक व्यवस्थापन सहज बनाउन सहयोग पुग्नेछ’, उनले भने।

     
     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology