नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता फेर्नु पर्ने प्रस्ताब गरेका छन् ।
काठमाडौंको अनुपम फुडल्यान्डमा बुधबार बसेको शेखर–गगन समूहको बैठकमा बोल्दै थापाले पार्टी सभापति सेर बहादुर देउवाको कार्यशैलीबात पार्टी चल्न नसक्ने बताएका छन् ।
बैठकमा उनले समूह एकढिक्का भई शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन प्रयास गर्नुपर्ने समेत बताएका छन् ।
‘हामी एकतावद्ध भएर संसदीय दलको नेता फेर्न लागौं, देउवा नै प्रधानमन्त्री हुने अवस्था भयो भने २०८२ मा महाधिवेशन हुन सक्दैन’, नेता थापाको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।
उनले अहिलेबाटै एक भएर अघि बढ्न जरुरी रहेको बताए। ‘एक भएर आजैदेखि पहिले नेतृत्व फेरौँ’, उनले भने, ‘त्यसपछि पार्टीभित्र र समूहभित्रका सानातिना विमत्ति मिलाउँदै जाउला ।
र यो पनि
https://www.youtube.com/watch?v=_Oifg4GUPCc