• आइतवार, आश्विन ४ गते २०८३

केपी ओलिका कार्यकर्तालाई यसरि पाठ पढाए गगन थापाले

केपी ओलिका कार्यकर्तालाई यसरि पाठ पढाए गगन थापाले

केपी ओलिका कार्यकर्तालाई यसरि पाठ पढाए गगन थापाले

  • 4.5K
    SHARES

  • केपी ओलिका कार्यकर्तालाई यसरि पाठ पढाए गगन थापाले

    काठमाडौं - नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले नेपालका कम्युनिष्ट पार्टिका कार्यकर्ताहरुलाई उद्यमी अथवा  इलमको गतिलो पाठ पढाएका छन्।

    यी मागेर खानेले उद्यमीको कुरा बुझ्दै बुझ्दैनन् मैले समस्या बुझ्छ भन्दै गगन थापाले भने, ‘माथिदेखि तलसम्म बा–बा भनेको छ, मागेको छ । सबै मागेर खानेहरूले यी मगन्तेहरूले यी कुरा बुझ्दैन । यीहरूसँग मलाई दया लाग्छ ।’

    सोमबार राति ‘जनता जान्न चाहन्छ’ टेलिभिजन कार्यक्रममा ऋषि धमलाले विवादित् बाख्राको प्रसंग कोट्याएपछि गगन थापाले स्पष्टीकरण दिदै यस्तो वताएका हुन्।  

    अन्तर्वार्ताका क्रममा थापाले ३–४ जना साथी मिलेर आफ्नै पैसामा गरेको बाख्रापालनको इलमलाई ‘बा’सँग पैसा मागेर खाने कम्युनिस्टले अनावश्यक बदनाम गर्ने प्रयास गरेको बताए ।

    ‘म कहिँ कतै चुकेको हो भने मलाई पाता कसेर कहाँ कहाँ लगेर राख्थे होला ? तपाईले अनुमान लगाउन सक्नु हुन्छ’, कांग्रेस नेता थापाले भनेका छन् ।

    ‘नेपालको एकथरी कम्युनिस्टको बडो रमाइलो हुँदो रहेछ । मैले १७–१८ वर्षको उमेरदेखि विभिन्न काम गर्दै आउने क्रममा मैले एउटा काम गरेर, कृषि इलमको काम गरेँ’, उनले भने, ‘असफल भएँ । मेरै खल्तीको पैसा राखेर गरेँ ।’

    उनले भने, ‘राज्यको ढुकुटीबाट एकसुक्का पनि लिएको छैन । सुक्का पनि लिएको छैन । मेरै खल्तीको पैसा राखेर गरेँ ।’

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology