• सोमवार, श्रावण ११ गते २०८३

अर्थमन्त्री खतिवडाको पद धरापमा !

अर्थमन्त्री खतिवडाको पद धरापमा !

अर्थमन्त्री खतिवडाको पद धरापमा !

  • 10.1K
    SHARES

  • अर्थमन्त्री खतिवडाको पद धरापमा !

    अर्थमन्त्री युवराज खतिवडाको पद धरापमा परेको छ ।  संवैधानिक व्यवस्था अनुरुप उनलाई मन्त्रीमा निरन्तरता दिनका लागी भदौ २१ अघि नै उनलाई राष्ट्रिय सभा सदस्य  बनाइसक्नुपर्ने छ। 

    तर,नेकपा भित्र  राष्ट्रिय सभामा खाली एक पदमा उनको भन्दा पनि  नयाँ पात्रको चर्चा सुरु भएसँगै खतिवडाको पद धरापमा परेको हो । 

    संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधामन्त्रीको सिफारिसमा  कुनै पनि व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने  प्रावधान छ । त्यसरी बनेका मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसदको सदस्य बन्न नसके स्वतः पदमुक्त हुने व्यवस्था छ।

    राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल गत फागुन २० गते पुरा गरेर सांसद मुक्त भएका खतिवडा ६ महिनासम्म सांसद नभएपनि मन्त्री बन्न पाउने संवैधानिक सुविधा अनुसार अहिले बहाल छन्।

    राष्ट्रियसभामा मन्त्रिपरिषदले सिफारिस गरेर राष्ट्रपतिले मनोनित गर्ने एक सिट रिक्त छ।  नेकपाभित्र खतिवडालाई हटाउनुपर्ने मत बलियो छ। 

    यता राष्ट्रियसभामा रिक्त पदमा सुरुमा वामदेव गौतमलाई लैजाने चर्चा छ । सत्तारूढ दल नेकपाको सचिवालय बैठकले नै उपाध्यक्ष गौतमलाई मनोनयन गर्ने निर्णय गरेको थियो ।  

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology