सोमवार, श्रावण ११ गते २०८३
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड 'बीच भेटवार्ता सुरू भएको छ।
प्रधानमन्त्री ओली निवास बालुवाटारमा भएको भेटमा नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।
त्यस्तै दुई अध्यक्षको छलफलले सचिवालय बैठक बोलाउने समेत संभावना रहेको छ। साउन ३० गते गठन भएको नेकपा कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो।
कार्यदलको प्रतिवेदनबारे दुई अध्यक्षबिच छलफल भएपछि सचिवालय बैठक बस्ने र त्यसपछि स्थायी कमिटीमा छलफल गर्ने नेकपा नेताहरुको तयारी छ।
Copyright © 2026 All right reserved to Samajik Patra Site By: SobizTrend Technology