• सोमवार, श्रावण ११ गते २०८३

नेकपा कार्यदलले ओली-प्रचण्डलाई बुझायो यस्तो रिपोर्ट

नेकपा कार्यदलले ओली-प्रचण्डलाई बुझायो यस्तो रिपोर्ट

नेकपा कार्यदलले ओली-प्रचण्डलाई बुझायो यस्तो रिपोर्ट

  • 69.8K
    SHARES

  • नेकपा कार्यदलले ओली-प्रचण्डलाई बुझायो यस्तो रिपोर्ट

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद मिलाउन गठित कार्यदलले आफ्नो काम सम्‍पन्‍न गरेर रिपोर्ट बुझाएको छ।

    शनिबार साँझ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यदलले रिपोर्ट बुझाएको हो।

    रिपोर्टमा प्रधानमन्त्रीको राजीनामाको मागलाई थाती राख्‍ने, सैद्धान्तिक तथा अन्य विवादलाई महाधिवेशनले टुंगो लगाउने लगायत सुझाव रहेको छ। नेकपाले पार्टीमा जारी विवाद समाधानका लागि नेताहरु विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल र जनार्दन शर्माको ६ सदस्यीय कार्यदल गठन गरेको थियो । सोही कार्यदलले शनिबार आफ्नो काम सम्पन्न गर्दै रिपोर्ट तयार पारेको हो।

    यस्तो छ कार्यदलको सुझाव :

    - प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने ।

    - सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने ।

    - आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने ।

    - सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने ।

    - सरकारको उपस्थिति र भूमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रिपरिषद् र प्रदेश सरकारमा केही हेरफेर गर्ने ।

    - कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समितिको बैठक बोलाउने ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology