नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्ता सकिएको छ।
आज मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलले नेकपाको सचिवालय बैठक यही भदौ १३ गते बस्ने सहमति समेत भएको छ।
अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले दुई अध्यक्षबीच भदौ १३ मा सचिवालय बैठक बोलाउने सहमति भएको जानकारी गराएका छन् ।
सचिवालय बैठकमा आवश्यक छलफलपछि स्थायी कमिटी बैठकमा नियमित एजेण्डासँगै कार्यदलको प्रतिवेदनका विषयमा पनि छलफल गर्ने तयारी छ ।
ओली-प्रचण्डले अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्व ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।
दुई अध्यक्षबीच सोमबार हुने भनिएको भेटवार्ता प्रधानमन्त्री केपी ओली व्यस्त भएपछि स्थगित गरिएको थियो।