• सोमवार, श्रावण ११ गते २०८३

मैले मात्र देउवालाई हराउन सक्छु : महामन्त्री शशांक कोइराला

मैले मात्र देउवालाई हराउन सक्छु : महामन्त्री शशांक कोइराला

मैले मात्र देउवालाई हराउन सक्छु : महामन्त्री शशांक कोइराला

  • 6.4K
    SHARES

  • मैले मात्र देउवालाई हराउन सक्छु :  महामन्त्री शशांक कोइराला

     नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूले मात्र मात्र  शेरबहादुर देउवालाई पराजित गर्न सक्ने दाबी गरेका छन् ।

    आसन्न १४ औं महाधिवेशनमा पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहे पनि  आफू सभापतिको उम्मेदवार भए मात्रै देउवालाई लाई  पराजित गर्न सकिने  उनले बताएका छन्  । 

    न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै  कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने बताउदै  देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दाबी सभापतिमा रहेको उनले बताए  । 

     संस्थापन इतरको समूहमा धेरै नेताहरुको सभापतिमा  दाबी रहेको भन्दै उनले  रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहको सबै मिलेर एक जना उम्मेदवार बन्नुपर्ने धारणा राखेका थिए  ।

    ‘व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरुले पनि सक्दैन’ उनले भने, ‘ग्यारेण्टीका साथ भन्छु शेरबहादुरजीलाई हराउने व्यक्ति म बाहेक अरु छैन ।’

    उनले पार्टीमा मनोमानी गरेको भन्दै देउवाको आलोचना समेत गरेका छन्। महाधिवेशन नजिकिँदै गर्दा भोटका लागि विभाग गठन गरेको र विधान विपरित भयो भनेर आफूहरुले विरोध गर्दा नसुनेको भन्दै उनले महाधिवेशनबाट यसको जवफ दिनुपर्ने बताए । 

    कोइरालाले भने, ‘उहाँले मनोमानी गर्नुभयो । हाम्रो विरोध पनि सुन्नु भएन । महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुपर्‍यो । किनकी अरु विकल्प छैन ।’

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology