• सोमवार, श्रावण ११ गते २०८३

आज १०७औँ बिपी जयन्ती

आज १०७औँ बिपी जयन्ती

आज १०७औँ बिपी जयन्ती

  • 9.0K
    SHARES

  • आज १०७औँ बिपी जयन्ती

    नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको १०७औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको जन्म विक्रम संवत १९७१ भदौ २४ गते भएको थियो ।

    जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा बस्नु परेको थियो।

    भारत निर्वासनकै क्रममा २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो।प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भएको हो ।

    २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि बीपी प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । विसं २०१७ पुस १ गते तत्कालिन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरेर कोइराला लगागतका नेतालाई बन्दी बनाइएको थियो।

    सुन्दरीजल बन्दी गृहमा राखिनुभएका विपी विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएपछि आठ वर्षसम्म भारतमा निर्वासित हुनुपरेको थियो ।

    २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किनुभएका उहाँको क्यान्सर रोगबाट २०३९ साउन ६ गते निधन भएको थियो ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology