• आइतवार, आश्विन ४ गते २०८३

काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना संक्रमणको पुष्टि, यी स्थानमा थपिए नयाँ कोरोना संक्रमित ?

काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना संक्रमणको पुष्टि, यी स्थानमा थपिए नयाँ कोरोना संक्रमित ?

काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना संक्रमणको पुष्टि, यी स्थानमा थपिए नयाँ कोरोना संक्रमित ?

  • 9.4K
    SHARES

  • काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना संक्रमणको पुष्टि, यी स्थानमा थपिए नयाँ कोरोना संक्रमित ?

    ११ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुार १३ हजार २५३ जनाको पीसीआर परीक्षण गर्दा ८८५ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ।

    मन्त्रालयका अनुसार २४ घण्टामा ३८५ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या १९ हजार ५०४ पुगेको छ। १४ हजार ७३९ जना आइसोलेसनमा रहेका छन्। 

    जसममध्ये ६ हजार २८ जना होम आइसोलेसनमा छन् भने ८ हजार ७११ जना संस्थागत आइसोलेसनमा रहेका छन्। 

    नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ३५ हजार २५२ पुगेको छ। 

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology