• मंगलवार, आश्विन ६ गते २०७७

काठमाडौं उपत्यकामा ३७७ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं उपत्यकामा ३७७ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं उपत्यकामा ३७७ जनामा कोरोना संक्रमणको पुष्टि

  • 3.9K
    SHARES

  • काठमाडौं उपत्यकामा ३७७  जनामा कोरोना संक्रमणको पुष्टि

     पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३७७ संक्रमित भेटिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।

    संक्रमितहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

    यस्तै, पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology