• सोमवार, श्रावण ११ गते २०८३

काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुग्यो

काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुग्यो

काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुग्यो

  • 11.0K
    SHARES

  • काठमाडौं उपत्यकामा ४१५  जनामा कोरोना संक्रमणको पुष्टि,  संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुग्यो

    काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

    प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडाँैमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा कोरोना देखिएको हो।

    पछिल्लो दिन कोरोनाको केन्द्र बन्दै गएको उपत्यकामा बिहीबार ३७७ जनामा कोरोना पुष्टि भएको थियो।

    त्यस्तै, पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ ।  हाल १६ हजार १९ जना आइसोलेसनमा छन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology