• सोमवार, श्रावण ११ गते २०८३

गोरखाकी कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा शिशु

गोरखाकी कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा शिशु

गोरखाकी कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा शिशु

  • 5.6K
    SHARES

  • गोरखाकी कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा शिशु

    चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् ।

    भरतपुर अस्पतालको प्रसुति विभागका चिकित्सक डा. रामप्रसाद सापकोटाका अनुसार शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ ।

    गोरखाको गोरखा नगरपालिका-१० छेवेटारकी ३७ बर्षकी गर्भवती महिलामा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी भदौ ८ गते अस्पताल भर्ना भएकी थिइन् ।

    आमाको संक्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको छ । आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने चिकित्सकहरुले बताए ।

    प्रसुति विभागका चिकित्सक डा. सापकोटाले कोरोना संक्रमण नसरोस् भनी पूर्वतयारी गरेर अप्रेसन गरिएको बताए । अप्रेसनको नेतृत्व डा. जीवन परियारको टोलीले गरेको थियो । भरतपुर अस्पतालले कोरोना संक्रमित गर्भवतीको प्रसुतिका लागि अलग्गै अप्रेसन थिएटर, लेबर तथा वेटिङ रुप तयार गर्ने क्रममा रहेको डा. सापकोटाले बताए ।

    अब त यस्ता केसहरु आइ नै रहन्छन्, त्यसैले अलग्गै तयारी गर्नुपर्ने देखिएको छ’ डा. सापकोटाले भने । भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको अप्रेसन गरिएको यो दोस्रोपटक हो ।

    भरतपुर अस्पताल राजधानी काठमाडौंको प्रसुति गृहपछि सबैभन्दा बढी प्रसुति सेवा दिने अस्पताल हो । दैनिक औसत ४० जना महिलाले अस्पतालबाट प्रसुति सेवा लिँदै आएका छन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology