• सोमवार, श्रावण ११ गते २०८३

थप ८ सय ८४ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्र १ सय ८६ मा संक्रमण

थप ८ सय ८४ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्र १ सय ८६ मा संक्रमण

थप ८ सय ८४ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्र १ सय ८६ मा संक्रमण

  • 4.4K
    SHARES

  • थप ८ सय ८४ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्र १ सय ८६ मा संक्रमण


    पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार विभिन्न जिल्लामा ८ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३७ हजार ३४० पुगेको छ ।

    यस्तै प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३१३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २० हजार ५५५ पुगेको छ ।

    काठमाडौँ उपत्यकामा आज थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ५५ जना, भक्तपुरमा १२ जना र ललितपुरमा १९ जनामा कोरोना संक्रमण देखिएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology